मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारदिउँसो २:०० Sunday, November २२, २०२६

होलिडे रातमा रास्वपा सांसद पाण्डेको स्टाटस– नाङ्गै जल्ने छु

शेयर६.१K०

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजुनाथ पाण्डेले सामाजिक सञ्जालमा ‘नाङ्गै जन्मेको थिएँ, नाङ्गै जल्ने छु’ भन्दै स्टाटस लेखेका छन् ।

काठमाडौं–३ बाट निर्वाचित सांसद पाण्डेले शनिबार राति उक्त छोटो स्टाटस लेखेका हुन् । उनले उक्त स्टाटसको सन्दर्भ भने खुलाएका छैनन् ।

उनको पोस्टमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले विभिन्न प्रतिक्रिया दिइरहेका छन् ।

कतिपयले पाण्डेको अभिव्यक्तिलाई राजनीतिक गतिविधि र विगतका भूमिकासँग जोडेर व्यंग्य गरेका छन् । एक प्रयोगकर्ताले ‘के भयो आजै’ भन्दै प्रतिक्रिया दिएका छन् भने अर्काले ‘राति किन जल्नुपर्‍यो, बिहान उज्यालो हुने होइन र माननीयज्यू ?’ भन्दै कटाक्ष गरेका छन् ।

त्यस्तै, अर्का प्रयोगकर्ताले ‘तपाईंलाई त सुकुम्बासीले गाड्ने कुरा पो गर्दै थिए, कता जल्ने भन्नुभा माननीयज्यू’ भन्दै व्यंग्य गरेका छन् । केहीले भने पाण्डेको अभिव्यक्तिलाई समर्थन गर्दै ‘साह्रै राम्रो कुरा’ र ‘तीतो यथार्थ’जस्ता प्रतिक्रिया दिएका छन् ।

एक प्रयोगकर्ताले पदभन्दा प्रतिष्ठा ठूलो हुने भन्दै जनताको काममा लाग्न सुझाव दिएका छन् ।

अर्का प्रयोगकर्ताले पाण्डेको स्टाटसलाई राजनीतिक व्यंग्यसँग जोड्दै ‘देश जलायौ’ भन्दै टिप्पणी गरेका छन् ।

पाण्डेको स्टाटसमा आएका अधिकांश प्रतिक्रियामा उनको अभिव्यक्तिभन्दा पनि राजनीतिक व्यवहार र विगतका गतिविधिमाथि टिप्पणी गरिएको देखिन्छ ।

पाण्डे यसअघि काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख थिए ।

बालेन्द्र साह काठमाडौं महानगरपालिकाका मेयर रहेका बेला नगर प्रहरी प्रमुखको जिम्मेवारीमा रहेका पाण्डेले सार्वजनिक रूपमा आफूलाई ‘बालेनको सिपाही’ भन्ने गरेका थिए ।

प्रधानमन्त्री साहले शुक्रबार राति सामाजिक सञ्जालमा लेखेको स्टाटसको आलोचना भइरहेका बेला पाण्डेले पनि शनिबार राति त्यस्तै छोटो स्टाटस लेखेका हुन् ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर६.१K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।