मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १२:३२ Monday, November २३, २०२६

कैलालीमा सञ्चालनको तयारीमा रहेको जालपादेवी केबुलकारले कर्मचारी माग्यो

शेयर१५२.९K०

शिघ्र सञ्चालनको तयारीमा रहेको कैलालीको जालपादेवी केबुलकारले २८ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ ।

चिसापानीदेखि राजकाडाँ सम्म केबुलकार सञ्चालनको तयारी गरेको जालपादेवीले रेष्टुुरेन्ट म्यानेजरसहितका कर्मचारी मागेको हो ।

रेष्टुरेष्टका लागि सुपरभाइजर, क्यापटन,क्यासिअर,बार ट्रेन्डर २-२ जना, ६ जना वेटरको माग गरिएको छ । यस्तै, किचेनका लागि एक जना हेडचिफ, एक जना सहायक चिफ, तीन जना पार्टी चिफ, दुई जना सहायक चिफ, छ जना सहयोगी माग गरिएको छ ।

आवेदन चिसापानीस्थित जालपादेवी केबुलकारको कार्यालयमा दिन सकिने बताइएको छ । जालपादेवी केबुलकार निर्माणको काम तीव्र गतिमा भइरहेको छ । अगामी दशैँमा उद्घाटन गर्ने तयारी रहेको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१५२.९K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।