मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ११:४४ Sunday, November २२, २०२६

स्रोत नखुलेको २४ लाख नगदसहित दुई जना पक्राउ

शेयर६.७K०

काठमाडौंको दुई बेग्लाबेग्लै स्थानबाट स्रोत नखुलेको २४ लाख नगदसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा स्याङ्जा वालिङ नगरपालिका- ६ घर भएका ४१ वर्षीय ईश्वर थापा र कठमाडौंको कपन बस्ने ४२ वर्षीय सुदर्शन खड्का रहेका छन् । थापाको साथबाट १९ लाख ९४ हजार रूपैयाँ र खड्काको साथबाट ४ लाख ८ हजार रूपैयाँ गरी कुल २४ लाख २ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरी वृत्त दरबामार्गबाट खटिएको प्रहरीले आइतबार राति केशरमहलतर्फ आउँदै गरेको बा.प्र ०२-०४२ प ५२०७ नम्बरको स्कुटर जाँच गर्ने क्रममा थापाको साथबाट उक्त रकम बरामद गरेको हो ।

यसैगरी प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरीले आइतबार राति काठमाडौं महानगरपालिका – २८ कमलादी गणेश मन्दिर नजिकबाट खड्काको साथबाट उक्त रकम बरामद गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको बागमती एएए ७७२० नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर६.७K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।