मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति १०:११ Sunday, November २२, २०२६

घोडाघोडी बहुमुखी क्याम्पसमा ‘GMC Job Portal’ सञ्चालनमा

विद्यार्थीलाई शिक्षा, सीप र रोजगारीसँग जोड्ने उद्देश्यले डिजिटल पोर्टल शुभारम्भ

शेयर६.६K०

कैलालीको सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसमा विद्यार्थीलाई शिक्षा, सीप र रोजगारीका अवसरसँग प्रत्यक्ष जोड्ने उद्देश्यले तयार गरिएको ‘GMC Job Portal’ औपचारिक रूपमा सञ्चालनमा आएको छ।

सोमबार घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक राउतले पोर्टलको उद्घाटन गरेका हुन्

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को पहलमा निर्माण गरिएको उक्त पोर्टलमार्फत विद्यार्थीहरूले आफ्नो बायोडाटा (CV) अनलाइनमार्फत दर्ता गर्न सक्नेछन्। त्यस्तै, विभिन्न रोजगारदाता संस्था तथा कम्पनीहरूले आवश्यकताअनुसार योग्य जनशक्ति छनोट गरी प्रत्यक्ष सम्पर्क गर्न सक्ने व्यवस्था मिलाइएको छ।

स्ववियु अध्यक्ष अशोक गौतमले अध्ययनकै क्रममा विद्यार्थीलाई रोजगारीका अवसरसँग जोड्ने सोचका साथ पोर्टल सञ्चालनमा ल्याइएको बताए। उनका अनुसार यो पोर्टलले विद्यार्थीलाई पढाइपछि मात्र रोजगारी खोज्ने परम्परागत सोचबाट बाहिर ल्याउन सहयोग गर्नेछ। साथै, यसले विद्यार्थीको शिक्षा, सीप र रोजगारीबीचको दूरी कम गर्ने विश्वास लिइएको छ।

पोर्टल निर्माणमा स्ववियुको पहलसँगै Aurora Studios ले प्राविधिक सहकार्य गरेको छ। विद्यार्थी र रोजगारदाता दुवैका लागि सहज रूपमा प्रयोग गर्न मिल्ने गरी तयार गरिएको पोर्टलमा रोजगारी खोज्ने र आवश्यक जनशक्ति खोज्ने पक्षलाई एउटै डिजिटल माध्यमबाट जोड्ने व्यवस्था गरिएको छ।

स्ववियुले लामो समयदेखि तयारी गरिएको योजनालाई कार्यान्वयन गर्न सहयोग गर्ने क्याम्पस सञ्चालक समिति, क्याम्पस प्रशासन, प्राध्यापक, कर्मचारी तथा अन्य सहयोगीप्रति धन्यवाद व्यक्त गरेको छ।

क्याम्पसका विद्यार्थीलाई शिक्षा, सीप विकास र रोजगारीका अवसरसँग जोड्ने उद्देश्यले सुरु गरिएको GMC Job Portal ले भविष्यमा विद्यार्थीलाई रोजगारीसम्म पहुँच विस्तार गर्न प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर६.६K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।