मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारदिउँसो २:२७ Sunday, November २२, २०२६

विश्वासको मत नपाउने भएपछि राजीनामा दिँदै सुदूरपश्चिमका मुख्यमन्त्री

प्रदेश सभामा विश्वासको मत पाउने अवस्था नदेखेपछि उनले पदबाट राजीनामा दिने तयारी गरेका हुन् ।

शेयर३K०

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिने भएका छन् ।

प्रदेश सभामा विश्वासको मत पाउने अवस्था नदेखेपछि उनले पदबाट राजीनामा दिने तयारी गरेका हुन् ।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार डम्बरबहादुर बमका अनुसार मुख्यमन्त्री शाहले भोलि प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन् ।

एमालेले असार ३१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।

सुदूरपश्चिम प्रदेश सभामा बहुमतका लागि २७ सांसद आवश्यक पर्छन् । कांग्रेससँग १८ सांसद छन् भने नेकपासँग २१ र एमालेसँग ११ सांसद छन् । नेकपाका एक सांसद निलम्बित छन् ।

एमाले र नेकपाबीच नयाँ सत्ता समीकरण बनिसकेको छ । जसकारण शाहले विश्वासको मत प्राप्त गर्ने सम्भावना छैन ।

मुख्यमन्त्रीको राजीनामासँगै सुदूरपश्चिममा नयाँ सरकार गठन प्रक्रिया सुरु हुनेछ । एमाले र नेकपाबीच सहमति अनुसार नेकपाले प्रदेश सरकारको नेतृत्व गर्नेछ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर३K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।