मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति १०:३८ Sunday, November २२, २०२६

बडीमालिका–रामारोशन क्षेत्र संरक्षित वन घोषणा, ४८८ वर्ग किलोमिटर क्षेत्र समेटियो

शेयर१.६K०

सुदूरपश्चिम प्रदेश सरकारले बडीमालिका र रामारोशन क्षेत्रलाई संरक्षित वन क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।

प्रदेश वन ऐनअनुसार उक्त क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्ने निर्णय गरिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ। संरक्षित क्षेत्र राष्ट्रिय निकुञ्ज तथा आरक्षजस्तो नभई समुदाय र व्यवस्थापन समितिमार्फत संरक्षणका विभिन्न कार्यक्रम सञ्चालन हुने जनाइएको छ।

बाजुराका बडीमालिका र त्रिवेणी नगरपालिका तथा अछामको रामारोशन गाउँपालिकालाई उक्त घोषणासँग आबद्ध गरिएको छ। निर्णयअनुसार ४८८ वर्ग किलोमिटर क्षेत्र संरक्षित वन क्षेत्रभित्र समेटिएको छ।

गत १९ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१.६K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।