मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारदिउँसो २:४७ Sunday, November २२, २०२६

कांग्रेस पूर्वसभापति देउवा आज स्वदेश फर्किंदै

शेयर१.८K०

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आज ९बिहीबार० स्वदेश फर्किंदैछन् ।

जेनजी आन्दोलनका क्रममा सांघातिक आक्रमणमा परेर घाइते भएका देउवा उपचारपछि आज हङकङबाट नेपाल फर्कन लागेका हुन् ।

देउवा बिहीबार दिउँसो १२ः३० बजे काठमाडौं आइपुग्ने भएका हुन् ।

देउवा उपचारका लागि लामो समय सिंगापुर र हङकङमा बसेका थिए । पछिल्लो समय उनी हङकङमा रहेर स्वास्थ्य उपचार गराइरहेका थिए ।

देउवाको स्वागतका लागि डा। शशांक कोइरालाको नेतृत्वमा पार्टीका शीर्ष नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नेछन् ।

देउवाले मिडिया साक्षात्कार गर्ने कार्यक्रम समेत रहेको छ । उनको स्वागतको लागि ठूलो संख्यामा नेता कार्यकर्ता विमानस्थल पुग्ने बताइएको छ ।

देउवा पक्षका नेताहरूले भोलि शुक्रबार काठमाडौंमा ‘राष्ट्रिय भेला’ आयोजना गर्दैछन् । उक्त भेलालाई देउवाले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१.८K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।