मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारदिउँसो २:२७ Sunday, November २२, २०२६

पहिरोले घर पुरिँदा २ जनाको मृत्यु, २ घाइते

शेयर१.६K०

रोल्पामा  अविरल वर्षाका कारण पहिरो जाँदा थबाङ गाउँपालिका–५ बोटलबारामा घर र गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार मृत्यु हुनेमा थबाङ–५ बोटलबाराका १८ वर्षीया शान्ति पुन मगर र सोही स्थानका ६० वर्षीय कमलबहादुर पुन मगर छन् ।

घाइते हुनेमा सोही स्थानका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर छन् ।

बुधबार दिउँसोदेखि परेको वर्षाका कारण पहिरो जाँदा घरसहित गोठ पुरिएका थिए ।

प्रहरी र स्थानीयबासीको सहयोगमा घाइतेको उद्धार गरी स्वास्थ्य संस्थामा पठाइएको छ । दुवैको अवस्था गम्भीर रहेको जनाइएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१.६K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।