अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजा भानु देउवा र प्रकाशबहादुर देउवामाथि अनुसन्धान थालेको छ ।
भानु पूर्वप्रधानमन्त्री देउवाका स्वकीय सचिव हुन् भने प्रकाश पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाका पूर्वसहयोगी एवं सुदूरपश्चिम प्रदेशसभा सदस्य हुन् ।
अख्तियारले भानुको सम्पत्ति विवरण माग गर्दै विभिन्न सरकारी निकायमा पत्राचार गरिसकेको छ । सम्पत्ति विवरण संकलनपछि उनीहरूलाई सम्पत्तिसम्बन्धी फारम भराउने र बयान लिने प्रक्रिया अघि बढाइने जनाइएको छ ।
प्रकाश भने हाल अमेरिकामा रहेको बताइएको छ । अख्तियारले दुवै दाजुभाइमाथि भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित विषयमा अनुसन्धान अघि बढाएको हो ।





अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।