मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति १०:२३ Sunday, November २२, २०२६

खगेन्द्र सुनारका गतिविधिप्रति सभामुखको ध्यानाकर्षण, लेखा समितिका सभापतिलाई बोलाए

सभामुख डोलप्रसाद अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारको बुधबार सार्वजनिक लेखा समितिको प्रस्तुति अशोभनीय भएको बताएका छन् ।

शेयर२.९K०
Listen to this article
1 min listen · 85 words0:00 / 1:00
0:00
1:00

सभामुख डोलप्रसाद अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारको बुधबार सार्वजनिक लेखा समितिको प्रस्तुति अशोभनीय भएको बताएका छन् ।

स्वतन्त्र नागरिक समाजका संयोजक ऋषि धमलासहितको प्रतिनिधि मण्डलसँग कुरा गर्दै सभामुख अर्यालले यस विषयमा आफूले समितिका सभापति भरतबहादुर खड्कालाई पनि बोलाएर ध्यानकर्षण गराएको बताए ।

आफूले संसदीय समितिमा सांसदहरुका अमर्यादित गतिविधिबारे ध्यानाकर्षण गराएपछि सभामुखले सांसदले संसदीय समितिमा बोल्दा मर्यादाको ख्याल गर्नुपर्ने जवाफ दिएको धमलाले बताए ।

सभामुखले सांसदहरूले संसदको बैठक र संसदीय समितिमा बोल्दा पदीय मर्यादा,राष्ट्रिय सुरक्षाका विषय र राज्यका संवेदनशील अंगहरुको प्रतिष्ठाबारे ख्याल गर्नुपर्ने बताएका थिए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर२.९K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।