मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ५:२३ Sunday, November २२, २०२६

भारतमा चोरीको एक करोड नगद सहित ९ नेपाली पक्राउ 

शेयर९.३K०

भारतमा एक करोड भारतीय रुपैयाँ सहित ९ जना नेपाली पक्राउ परेका छन् । रकम चोरी गरेर नेपाल आउने क्रममा लखिमपुर जिल्लाको सम्पूर्णानगरमा उनीहरू पक्राउ परेका हुन । 

उनीहरू सोमवार राति दिल्लीमा चोरी गरेर नेपाल फर्कँदै गर्दा मङ्गलवार राति पक्राउ परेको प्रहरीले जनाएको छ । यद्धपी भारतीय प्रहरीले पक्राउ गरेकाले उनीहरूको विवरण भने आफूहरूलाई प्राप्त नभएको सशस्त्र प्रहरी बल सुदूरपश्चिमका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेले बताए । “पक्राउ पर्नेमा बझाङ बाजुरा र अछाम जिल्लाका व्यक्ति हुन भन्ने सुन्नमा आएको छ । तर  त्यसको आधिकारिक पुष्टि भएको छैन ।” उनले भने । 

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.३K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।