मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ११:४३ Sunday, November २२, २०२६

गोदावरीका हाकिम चढ्ने गाडी मध्य राती दुर्घटना

शेयर९.७K०
कैलालीको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्ट चढ्ने गाडी बिहीबार राती दुर्घटनामा परेको छ । हाकिम चढ्ने निजी नम्बर प्लेटको बा १६ च ८७८८ नम्बरको गाडी पालिकाको वडा नम्बर १० खमौरामा दुर्घटनामा परेको हो ।
नगरपालिकाका अनुसार दुर्घटनामा गाडीको अगाडीको भागमा क्षति पुगेको छ । स्थानीय उद्धव देउवा र लोक देउवाको घरअघिको पर्खालमा पनि क्षति पुगेको छ । चालक भने सकुशल छन् । स्थानीयका अनुसार गाडी चालक विक्रम चौधरीले अत्यधिक मदिरा सेवन गरी गाडी चलाएका कारण दुर्घटना भएको हो । यस विषयमा बुझ्न खोज्दा प्रमुख प्रशासकीय अधिकृत भट्टले आफूलाई यस बारेमा जानकारी नभएको र चालकलाई बुझ्ने काम भइरहेको भए पनि उनी सम्पर्कमा नआएको बताए । नगरपालिकाले निजी नम्बर प्लेटको गाडी मासिक ९० हजार भाडा दिने प्रयोग गर्दै आएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.७K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।