मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति २:०६ Monday, November २३, २०२६

चुरे गाउँपालिकाले दियो बाढीपहिरो पिडितलाई सोलार

शेयर८.८K०

कैलालीको चुरे गाउँपालिकाले बाढीपहिरो पिडितहरुलाई सोलार वितरण गरेको छ।

पालिकाले आइतवार गाउँपालिकाक्षेत्रमा रहेका बाढीपिडितहरुलाई ५० वाटका सोलार र ३५ वाटका ब्याट्रि वितरण गरेको हो। पालिकाको–४ नम्बर वडा बालुवागडामा रहेका १८ परिवारलाई सोलार वितरण गरेको गाउँपालिका अध्यक्ष चक्रबहादुर बोगटीले बताए। अध्यक्षले पालिका भित्र रहेका ३० वटा बाढीपहिरो पिडित परिवारलाई सोलार वितरण गरिने बताए। त्यसमध्ये ४ वटा परिवारलाई केही समय अगाडी नै सोलार वितरण गरिएको उनले बताए।

‘विगत ४÷५ वर्षदेखी पालमुनी अध्यारोमा बस्दै आएका पहिरोपिडितहरु छन’ उनले भने ‘हामी निर्वाचित भएपछि गतवर्ष नै उनीहरुका लागि सोलार वितरण गर्ने योजना बनाइरहेका थियौ, केही प्राविधिक कारणबस वितरण गर्नमा ढिलाई भयो।’ अँध्यारोमा पालमुनि दिन काटीरहेका बाढी पहिरो पिडितहरु सोलार पाएपछि खुसी भएका छन्।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८.८K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।