मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ६:१६ Sunday, November २२, २०२६

सचेतना बढाउन विद्यालयमा स्वास्थ्य प्रदर्शनी  

शेयर१२.८K०
स्वास्थ्य सचेतना बढाउन कैलालीको घोडाघोडी नगरपालिकामा स्वास्थ्य प्रदर्शनी गरिएको छ । पालिकाको वडा नम्बर १० मा रहेको कान्ति राज्यलक्ष्मी माध्यमिक विद्यालयमा बिहीबार प्रदर्शनी गरिएको हो ।
सचेतना बढाउन विद्यालयमा स्वास्थ्य प्रदर्शनी  प्रदर्शनी कार्यक्रममा विभिन्न रोग सम्बन्धी स्वास्थ्य सचेतना सँगै परिवार नियोजन, खोप, लागूपदार्थ दुर्व्यसनी, मानसिक स्वास्थ्य, असल छुवाइ लगायतका विषयमा सहभागी बिद्यार्थीहरुलाई जानकारी दिइएको थियो । विद्यालय स्तरबाटै स्वास्थ्यका बारेमा जनचेतना जगाइ रोग लाग्न नदिने र विद्यार्थीलाई सकारात्मक सामाजिक व्यवहारमा अभिप्रेरित गर्ने उद्देश्यले स्वास्थ्य प्रदर्शनीको आयोजना गरिएको विद्यालय नर्स रोशनी खड्काले जानकारी दिइन ।सचेतना बढाउन विद्यालयमा स्वास्थ्य प्रदर्शनी  “सबैभन्दा ठुलो कुरा स्वास्थ्य हो । आफ्नो स्वास्थ्य छ भने सबै छ । स्वास्थ्य नै छैन भने केही छैन । त्यसैले  यस्ता  कार्यक्रमहरूलाई अझै अगाडी बढाउन जरुरी छ। विद्यालय स्तरबाट यस्ता कार्यक्रमहरू सुचारु गर्‍यौ भने हामीले  स्वास्थ्य  क्षेत्रमा ठुलो फड्को मार्न सफल हुनेछौँ ।” उनले भनिन ।
सचेतना बढाउन विद्यालयमा स्वास्थ्य प्रदर्शनी  कान्ति राज्यलक्ष्मीका प्रधानाध्यापक उमाकान्त मिश्रको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगरप्रमुख खडकबहादुर रावत, स्वास्थ्य शाखाका वेदप्रकाश चौधरी, पहलमानपुर स्वस्थ चौकीका राम प्रसाद चौधरी, पहलमानपुर स्वास्थ्य केन्द्रका शिशिर न्यौपाने लगायतको सहभागी रहेको थियो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१२.८K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।