मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति १०:२९ Sunday, November २२, २०२६

एमाले कैलाली चुनाव : ४०० मत गन्दा ढुङ्गाना ४३ मतले अगाडी

शेयर११.५K०

 नेकपा एमाले कैलाली जिल्लाको निर्वाचनको मतगणना जारी छ । ४०० मत गणना गर्दा सम्म अध्यक्षका उम्मेदवार यज्ञराज ढुङ्गानाले ४३ मतले अगाडि छन् । उनको १९९ मत छ । त्यस्तै अर्का उम्मेदवार डेजी पाण्डेको १५६ र दुर्गा जोशीको ४० मत रहेको छ ।

उपाध्यक्षमा दलबहादुर विष्टको १३१, लोकेन्द्र बहादुर शाहीको १३०,विष्णु बहादुर चौधरीको ७६ र गजेन्द्र बहादुर स्वारको १६ मत रहेको छ ।

सचिवमा दानबहादुर विश्वकर्माको १०४, विष्णुकुमार चन्दको १०२ र ममता प्रसाद चौधरीको १८० मत रहेको छ ।

उपसचिवमा चूडामणि भट्टको १६८ ,नृप थ्यायत खड्काको ६८ भुवन रिजालको ८४ र राजु गुरुङको ५५ रहेको छ ।

उपसचिव महिलामा गङ्गा कुमारी चौधरीको १३१, शान्ति देवी सिंहको ११८, अम्बिका विष्ट मल्लको ८७ र रत्ना कुवर जोशीको ६१ मत रहेको छ ।

आज ५७७ जनाले मतदान गरेका थिए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर११.५K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।