मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १:१९ Monday, November २३, २०२६

कैलालीमा भन्सार छली ल्याएका बोईलर कुखुरा, माछा लगायतका वस्तु बरामद

शेयर१०K०

धनगढी : कैलालीका विभिन्न स्थानबाट भन्सार छलीका बोईलर कुखुरा, माछा लगाएत अन्य सामान शुक्रबार प्रहरी बरामद गरेको छ ।

जिल्लाको धनगढी उपमहानगरपालिका–९ त्रिबेणीघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका २० हजार मूल्यको प्याज, बोईलर कुखुरा लगायतका सामान बरामद गर्दा भजनी नगरपालिका–७ हिम्मतपुरबाट १५ हजार ७५० मूल्यको माछा बरामद गरिएको प्रहरीले जनाएको छ ।

त्यसै गरि गोदावरी नगरपालिका–३ चुट्की बजार नजिकबाट १२ हजार ९५० मूल्यको प्याज, चिनी, सुर्ती, चकलेट, ललिपप लगायतका सामान गरि जम्मा ४८ हजार ६७० बराबरको सामानहरु शुक्रवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको हो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१०K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।