मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ६:०४ Sunday, November २२, २०२६

बैतडीमा काठको गोलिया र ट्रकसहित एक जना प्रहरीको फन्दामा

शेयर९.७K०

बैतडी : बैतडीमा अवैध काठको गोलिया र ट्रकसहित एकजना प्रहरीको फन्दामा परेका छन् । जिल्लाको पञ्चेश्वर गाउँपालिका–२ घर भएका ४० वर्षका लक्ष्मण चन्द अवैध सालको काठसहित पक्राउ परेका हुन् ।

जिल्लाकै मेलौली नगरपालिका–७ को हरिपुर बजारबाट चन्दसहित उनले चलाएको सुदूरपश्चिम प्रदेश ०२ ००१ ख १२१८ नम्बर ट्रकसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता, प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिएका छन् ।

ट्रकमा ५ थान गोलिया ओसारीरहेको बुझिएको छ । अवैध काठ ओसारपसार भइरहेको विशेष सूचनाको आधारमा चन्दलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक जोशीले बताए । ट्रक र ५ थान सल्लाको गोलियासहित नियन्त्रणमा लिइएका चन्दलाई आवश्यक कार्वाहीका लागि सव डिभिजन वन कार्यालयमा बुझाइएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.७K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।