मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारबिहान ३:०० Monday, November २३, २०२६

डोल्पामा च्याउ टिप्न गएका तीन बालक वनमा लागेको आगाेमा परी घाइते

शेयर९.६K०

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-४ रङ्गमा डढेलोबाट सल्किएको आगोमा परेर तीन जना बालक घाइते भएका छन् ।

प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालका अनुसार आगाेमा परेर १०, १२ र १३ वर्षका तीन जना बालक घाइते भएका हुन् ।

प्रमुख जिल्ला अधिकारी दाहालले दिएको जानकारी अनुसार आज दिउँसो घर नजिकै रहेको सामुदायिक वनमा च्याउ टिप्न गएका उनीहरू डढेलोमा परेका थिए ।

घाइते उनीहरूको जिल्ला अस्पताल दुनैमा उपचार भइरहेको र थप उपचारका लागि हेलिकप्टरमार्फत नेपालगञ्ज लैजाने प्रयास भए पनि मौसमका कारण आजलाई सम्भव नभएको दाहालले भइरहेको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.६K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।