मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १:५१ Monday, November २३, २०२६

बाजुरा जिल्लामा गएराति भूकम्पकाे धक्का महशुस

शेयर११.९K०

बाजुरा : बाजुरामा गएराति फेरि भूकम्पको धक्का महसुस भएको छ । जिल्लाको बुढीगङ्गा नगरपालिकाको बाह्रबिस वरपर केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार राति ३ः५३ बजे ३.७ रेक्टर स्केलको भूकम्प गएको छ । गत वर्ष माघ १० गते जिल्लाको स्वामिकार्तिक गाउँपालिकाको मेलामा केन्द्र विन्दु भएर ५ दशमलव ९ म्याग्नेच्युटको भूकम्प गएको थियो ।

त्यसै गरी गत वर्षको वैशाख १५ गते गौमुलको दहकोटमा केन्द्र विन्दु बनाएर ५ दशमलव ९ म्याग्निच्युटको भूकम्प गएको थियो ।

गत वर्ष माघ गएको भूकम्पले जिल्लाको पूर्व उत्तर क्षेत्रमा रहेको हिमाली गाउँपालिका वडा नं २ कोट, कोटीका ,रुम्दी, नाटी खोला लगायत टोलमा २३ वटा घर भत्काएको थियो ।

 त्यसै गरी गत वर्षको वैशाख १५ गते गएको भूकम्पले गौमुल हिमाली बडिमालिका बूढीगङ्गा खप्तड छेडेदह लगायतका गाउँपालिका गत माघ १० गते गएको भूकम्पका कारण १०४ पूर्ण ५०९ आंशिक र ४६३ वटा घरमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर११.९K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।