मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ७:४६ Sunday, November २२, २०२६

लम्कीचुहाकाे एक गोठमा आगलागी हुँदा ४ लाखको धनमाल जलेर नष्ट

शेयर१२.६K०

लम्की  : कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका ३ मा बिहीबार आगलागी हुँदा ४ लाखको धनमाल जलेर नष्ट भएको छ।

वडा नं ३ व्यवस्थितनगर बस्ने केशरबहादुर बि.कको गोठमा आगलागी हुँदा गोठका साथै गोठमा रहेका धान भएको भकारी, काठपात, गोरुगाडा, पराल, साईकल लगायतका सामान गरि ४ लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

आगलागीबाट मानविय तथा चौपाया क्षती नभएको बताइएको छ। उक्त आगलागी प्रहरी,स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१२.६K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।