मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारबेलुका ७:०१ Sunday, November २२, २०२६

आईपीएलमा आज दिल्ली र गुजरात भिड्दै

शेयर९.५K०

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज गुजरात टाईटन्स र दिल्ली क्यापिटल्स खेल्दैछन् । खेल अहमदावादमा बेलुका पौने ८ बजे शुरु हुनेछ । गुजरातले अहिलेसम्म ६ खेल खेलेको छ । उसले तीन खेल जित्दा ६ अङ्कसहित तालिकाको छैठौँ स्थानमा छ ।

त्यसैगरी दिल्ली क्यापिटल्स ६ खेलमा दुई जितसहित ४ अङ्कका साथ पुछारबाट दोस्रो स्थानमा छ । गुजरात आईपीएलमा सहभागी हुँदा सन् २०२२ मा विजेता र अघिल्लो वर्ष उपविजेता बनेको थियो । दिल्ली सन् २०२० मा उपविजेता बनेको थियो । आईपीएल क्रिकेटमा गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई दुई विकेटले हरायो ।

शीर्ष स्थानमा रहेको राजस्थानको ७ खेलमा १२ अङ्क छ । कोलकता ६ खेलमा ८ अङ्कसहित दोस्रो स्थानमा यथावत् छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.५K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।