मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारबिहान ३:३३ Monday, November २३, २०२६

डिएसपी पाललाई बर्दगोरिया गाउँपालिकाद्वारा स्वागत

शेयर१५.८K०

इलाका प्रहरी कार्यालय सुखडकामा सरुवा भई आएका डिएसपी दीपेन्द्र कुमार पाललाई बर्दगोरिया गाउँपालिकामा स्वागत गरिएको छ।

डिएसपी पाल इलाका प्रहरी कार्यालय सुखडमा हाजिर भएको १ महिनापछि आइतबार पालिका अध्यक्ष कर्ण बहादुर कुवँर सहितको टिमले कार्यकक्षमा स्वागत गरेका हुन्। डिएसपी पाललाई बर्दगोरिया गाउँपालिकाद्वारा स्वागत

अध्यक्ष कुवँर, उपाध्यक्ष गणेश राज गिरी, प्रमुख प्रशासकीय अधिकृत प्रकाश ढुङ्गाना, वडा नम्बर एकका अध्यक्ष मिथुन गौतम, तिनका अध्यक्ष मनऋशी आचार्य, पाँचका अध्यक्ष भोलेराम चौधरीले स्वागत गरे।

स्वागत कार्यक्रममा बोल्दै डिएसपी पालले शान्ति सुरक्षामा आफु कटिबद्ध रहेको बताउँदै शान्ति सुरक्षा अमन चयनमा पालिकाको समेत महत्त्वपूर्ण भूमिका रहने भएकोले सहयोगको अपेक्षा रहेको बताए।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१५.८K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।