मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति १०:१६ Sunday, November २२, २०२६

धनगढीबाट मोटरसाइकल चोर्ने दुई जना पक्राउ

शेयर८.४K०

धनगढीमा चोरीको मोटरसाइकलसहित दुई युवक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको अपराध अनुसन्धान समूहको टोलीले धनगढी उपमहानगरपालिका–१४ को बी गाउँबाट सुपप्र०१००१०प१९३५ नम्बरको चोरीको मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भजनी नगरपालिका–२ बस्ने २२ वर्षीय रवि चौधरी र २० वर्षीय रोहित चौधरी रहेका छन् । उनीहरुले प्रयोग गर्दै आएको सुपप्र ०१००९ प ९९३३ नम्बरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८.४K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।