मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारबिहान ३:३१ Monday, November २३, २०२६

गर्मी बढेपछि लम्कीचुहाका विद्यालय बन्द

शेयर१०.२K०

गर्मी बढेपछि लम्कीचुहा नगरपालिकाले चार दिनका लागि गर्मी बिदा दिएको छ । नगरपालिकाको निर्णय अनुसार शिक्षा शाखाले नगर भित्र सञ्चालनमा रहेका सामुदायिक तथा संस्थापक सबै विद्यालयलाई गर्मी बिदा दिएको हो।

 गर्मीका कारण जनजीवन कष्टकर भएको र बालबालिकामा असर परेको भन्दै जेठ २१ गतेसम्मका लागि विद्यालय बिदा दिइएको जनाएको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत माधव कुमार जैसीद्वारा प्रकाशित सूचनामा बर्खे बिदाबाट कट्टा हुने गरी नगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिइएको उल्लेख छ ।

पछिल्ला केही दिनदेखि बढ्दै गएको गर्मीको कारण जनजीवन कष्टकर बन्दै गएको छ । बिहान सबेरैदेखि सुरु हुने गर्मी मध्याह्नसम्म ४४ डिग्रीसम्म तापक्रम पुग्ने गरेकाले जनजीवनसमेत प्रभावित बनेको छ ।गर्मी बढेपछि लम्कीचुहाका विद्यालय बन्द

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१०.२K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।