मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १:३४ Monday, November २३, २०२६

मोटरसाईकलको ठक्करबाट घोडाघोडीमा पैदल यात्रीको मृत्यु

शेयर१३.१K०

कैलालीमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ।

घोडाघोडी नगरपालिका-४ भालुफटा स्थित पुर्व–पश्चिम राजमार्गमा पुर्वदेखि पश्चिम तर्फ गईरहेको से ७ प १८७८ नम्बरको मोटरसाईकलको ठक्करबाट सोही ठाउँ बस्ने ५१ वर्षीय पैदलयात्री नरबहादुर धामीको मृत्यु भएको हो। मोटरसाईकलले ठक्कर दिँदा धामी गम्भिर घाईते भएका थिए।

धामीको घोडाघोडी अस्पताल सुखड हुँदै निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। मोटरसाईकल चालक घोडाघोडी नगरपालिका-४ का ४५ वर्षीय टेकेन्द्र नेपाली पनि घाइते भएको प्रहरीले जनाएको छ। नेपालीको घोडाघोडी अस्पताल सुखडमा उपचार भईरहेको छ। मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१३.१K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।