मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १२:०० Monday, November २३, २०२६

कैलाली जिल्लामा झण्डै ३ सय घरेलु तथा साना उद्योग बन्द

शेयर९.१K०

कैलाली : कैलाली जिल्लामा पछिल्लो समय २ सय ८९ घरेलु तथा साना उद्योग बन्द भएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालयका अनुसार यसरी उद्योगहरु धमाधम बन्द हुनुमा कच्चापदार्थ अभाव, उत्पादित सामग्रीले बजार मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्नु नै मुख्य कारण रहेको छ । कतिपय उद्योग सञ्चालक रोजगारीका लागि वैदेशिक रोजगारीमा गएको समेत देखिएको छ।

कार्यालयका लेखा अधिकृत टिकेन्द्रप्रसाद जोशीले खाने तेल, सिमेन्ट ब्लक, पोल्ट्रीफार्म, ब्युटीपार्लर जस्ता घरेलु उद्योग बन्द भई खारेजीमा परेको जानकारी दिए। पछिल्लो समय उद्योग दर्तामा महिलाको स्वामित्व उल्लेख्य रूपमा बढ्दै गएको छ। महिलाका नाममा प्राइभेट फार्म दर्तामा छूटको व्यवस्था गरिएसँगै उद्योग दर्तामा महिलाको स्वामित्व बढेको हो।

कानुनी व्यवस्था गरिँदा उद्योगमा महिलाको स्वामित्व उल्लेख्य रुपमा बढेको जोशीले बताए। कैलालीमा हालसम्म १५ हजार ४ सय ८६ उद्योग दर्ता छन्। उद्योग कार्यालयमा अहिलेसम्म उत्पादनमूलक ३ हजार २ सय ८, कृषिसम्बन्धी ६ हजार ५ सय १४, निर्माणसम्बन्धी २, पर्यटनमूलक ६५, सूचना प्रविधिमूलक १२, सेवामूलक ५ हजार ६ सय ८५ गरी १५ हजार ४ सय ८३ उद्योग दर्ता भएका छन्। अहिलेसम्म दर्ता भएका उद्योगमा २५ अर्ब ७० करोड ३७ लाख लगानी प्रस्ताव गरिएको छ।

ती उद्योगमा ९ हजार २ सय ११ महिला र ६९ हजार ६ सय ५७ पुरुषलाई रोजगारी प्रस्ताव गरिएको जनाइएको छ। गत आर्थिक वर्ष २०८०/८१ मा उत्पादनमूलक १ सय ३५, कृषिमूलक ३ सय २३, सेवामूलक २ सय ५६ गरी जम्मा ७ सय १४ उद्योग दर्ता भएको लेखा अधिकृत जोशीले बताए। गत आर्थिक वषमा १ करोड ७७ लाख ४४ हजार ७ सय ७७ राजस्व सङ्कलन भएको छ।

अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा १ हजार १ सय ९७ उद्योग दर्ता भएकामा कार्यालयले ५२ लाख १६ हजार राजस्व सङ्कलन गरेको थियो। अघिल्ला आर्थिक वर्ष भन्दा गत आर्थिक वर्ष २०८०/८१ मा उद्योग दर्तामा कमि आएको छ।

लेखा अधिकृत जोशीले अघिल्लो आर्थिकवर्षको तुलनामा गत आव २०८०/८१ मा करको दर बढेसँगै वाणिज्य कार्यालयले दर्ता गर्ने पसल लगायतका काम गत आर्थिक वर्षदेखि घरेलु तथा साना उद्योग कार्यालयले गर्दा राजस्व सङ्कलनमा वृद्धि भएको बताए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.१K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।