मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ८:१८ Sunday, November २२, २०२६

जापानमा बस्ने नेपालीले ल्याएको तिज गित रहरैमा चर्चामा 

शेयर११.८K०

जापानमा बस्ने नेपालीले ल्याएको तिज गीत रहरैमा यति बेला चर्चामा रहेको छ ।

नेपाली नारीहरूको महान् पर्व हरितालिका तिजलाई लक्षित गरेर जापानमा बस्ने नेपालीहरूले ल्याएको तिज गीत रहरैमा यति बेला सबैको मन मस्तिष्कमा बस्दै चर्चामा रहन सफल भएको हो  ।

पछिल्लो समय तिजको छेको पारेर  भड्किला गीतहरू  आइरहेको समयमा तेजेन्द्र भण्डारीको प्रस्तुति रहेको तिज गीत रहरैमा भने नेपालीपन सुहाउँदो उत्कृष्ट प्रस्तुति आएको हो ।  उक्त गीतलाई रमेश निर्दोष र सुनिता बुढा क्षेत्रीले आवाज भरेका छन् ।

जापानमा बस्ने नेपाली छोरी अनि जापानी बुहारी विभिन्न सामाजिक कार्यहरूमा सक्रिय कल्पना क्षेत्रीले यही गीत मार्फत मोडलिङ क्षेत्रमा प्रवेश गरेकी छन् । सामाजिक कार्यमा लागिरहेकी कल्पना तिजसँग नेपाली नारीहरूको भावना जोडिएको कारण आफू तिज गीत मार्फत नै मोडलिङमा प्रवेश गरेको बताइन । कल्पनाका अलावा म्युजिक भिडियोमा राज श्रेष्ठ ,तुलसा सापकोटा ,अविरल अधिकारी ,इन्दिरा केसी र कृष्ण सापकोटाले अभिनय गरेका छन् ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर११.८K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।