मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ९:११ Sunday, November २२, २०२६

लम्कीमा क्रेनको ठक्करबाट एक पैदल यात्री घाइते

शेयर१२.४K०

कैलालीमा क्रेनले ठक्कर दिँदा एक जना पैदल यात्री घाइते भएका छन् । 

जिल्लाको लम्कीचुहा नगरपालिका-४ बलिया स्थित महेन्द्र राजमार्गमा सोमबार राति साढे ८ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ गइरहेको प्र.–२–०३–००१ क २०२७ नं. को क्रेनले पैदल यात्रीलाई ठक्कर दिएको हो ।
क्रेनको ठक्करबाट सोही वडाका ४२ वर्षीय किरण प्रसाद शर्मा घाइते भएका छन्। ।

घाइते शर्मालाई उपचारका लागि लालरत्न अस्पताल लम्कीमा लगेको भएपनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेज रिफर गरिएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।

क्रेन चालक सुरज चौधरीलाई भने इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएर अनुसन्धान  भइरहेको प्रहरीले जनाएको  छ । 

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१२.४K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।