मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ८:४७ Sunday, November २२, २०२६

अवैध काठसहित टीकापुरबाट एक जना पक्राउ

शेयर१०.७K०

कैलालीको टीकापुरमा अवैध काठसहित एक जनालाई प्रहरीले पक्राउ परेको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको गस्ती प्रहरी टोलीले टीकापुर नगरपालिका-५ भगरैयाका ४७ वर्षीय खुसिराम चौधरीलाई पक्राउ गरेको जनाएको छ । टीकापुर नगरपालिका– १ खडक चोकबाट अवैध काठ सहित चौधरीलाई नियन्त्रणमा लिएको हो ।

नम्बर पिलेट स्पष्ट नदेखिने चौधरीले चलाएको ट्याक्टरमा अवैध खयरको काठ १९ थान गोलिया ९५.८९ (क्युफिट) फेला पारी काठ सहितको ट्याक्टर र चालक चौधरीलाई आवश्यक कारवाहीको लागि सबडिभिजन वन कार्यालय टिकापुरमा बुझाएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१०.७K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।