मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति २:५२ Monday, November २३, २०२६

सुदूरपश्चिम प्रदेश सभाको बैठक चार महिनापछि बस्दै, यी हुन छलफलका विषय

शेयर९K०

कैलाली सुदूरपश्चिम प्रदेशसभाको बैठक चार महिनापछि बस्ने भएको छ । माघ ६ गते आइतबारका लागि प्रदेशसभाको बैठक बोलाइएको हो ।

प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले माघ ६ गते बिहान ११ बजेका लागि बैठक बोलाइएको बताएका छन् । उनले प्रदेश सभा समितिका सभापति हेरफेर र निर्वाचनको मिति तोक्ने कार्यतालिका रहेको बताएका हुन् ।

गत असोज ५ गते प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित भएपछि प्रदेशसभाको बैठक बस्न सकेको छैन् । प्रदेश सरकारले स्थानीय सरकार सञ्चालन ऐन ल्याउने समेत तयारी गरेको छ ।

प्रदेश सभा विधायन समितिका सभापति दिवान सिङ विष्टले ऐन ल्याउन समितिले स्थानीय तहका जनप्रतिनिधिसँग सुझाव सङ्कलन गरेको र ऐन ल्याउने अन्तिम तयारीमा रहेको बताएका छन् ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।