मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारबिहान ३:११ Monday, November २३, २०२६

महोन्यालकी युवा नेत्री थापाले गरिन जन्मदिनको अवसरमा खाद्यान्न तथा फलफूल वितरण

शेयर२५.८K०

जन्मदिनमा गरिने फजुल खर्चलाई न्यूनीकरण गर्दै सामाजिक क्षेत्रमा खर्चिने सकारात्मक कार्यको आत्म साथ गर्दै कैलालीको महोन्याल गाउँपालिका–३ की रेखा बुढा थापाले आफ्नो जन्मदिनको अवसरमा गाउँका ज्येष्ठ नागरिकलाई खाद्यान्न र फलफूल वितरण गरेकी छन् ।

महोन्यालकी युवा नेत्री थापाले गरिन जन्मदिनको अवसरमा खाद्यान्न तथा फलफूल वितरण

एकीकृत विकाश फाउण्डेसनकी अध्यक्ष समेत रहेकी युवा समाजसेवी थापाले आफ्नो जन्मदिनको अवसरमा करिब ४५ जना जेष्ठनागरिकलाई खाद्यान्न तथा फलफूल वितरण गरेकी हुन ।

महोन्यालमा विभिन्न सामाजिक कार्य गर्दै आएकी थापाले यस पटक आफ्नो जन्मदिनको अवसरमा आफ्नै गाउँका विपन्न परिवारलाई खाद्यान्न तथा बृद्धबृद्धाहरुलाई फलफूल वितरण गरेकी हुन । महोन्यालकी युवा नेत्री थापाले गरिन जन्मदिनको अवसरमा खाद्यान्न तथा फलफूल वितरण

थापाले आफ्ना ससुरा बुवा नर बहादुर थापाको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गर्दै फलेविसौनाका विभिन्न तहमा रहेका व्याक्तीहरुको उपस्थितमा खाद्यान्न तथा फलफूल वितरण गरेकी हुन् ।महोन्यालकी युवा नेत्री थापाले गरिन जन्मदिनको अवसरमा खाद्यान्न तथा फलफूल वितरण

रेखाले सधैँ गाउँमा विकाश निर्माण लगायत सामाजिक काम गर्दै आएकी बताउँदै जन्मदिनमा समेत आफ्नो खर्चमा खाद्यान्न र फलफूल वितरण गरेपछि स्थानीयले खुसी व्यक्त गरेका छन् ।

सामाजिक कार्य गर्दा आफुलाई खुसी लाग्ने बताउँदै थापाले होटेलमा रमाइलो गर्नु भन्दा भन्दा फरक तरीकाले अरुलाई सहयोग गरेर जन्मदिन मनाउँदा निकै खुसी लागेको बताइन ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर२५.८K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।