मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति १०:५२ Sunday, November २२, २०२६

आफैंले चलाएको सरकारी गाडी दुर्घटनापछि छुटाउन मेयर भट्टको दबाब, बिहानै चालक पुगे चौकी

शेयर७K०

कैलालीको गाेदावरी नगरपालिकाका मेयर बिरेन्द्र भट्टले चलाएकाे सरकारी गाडी दुर्घटना भएको छ ।

शनिबार राति माेहनापुल अत्तरिया ६ लेन सडकखण्डस्थित धनगढी उपमहानगरपालिकाकाे गेटामा उनले चलाएकाे सुपप्र०१००१ झ ६०१ नम्बरकाे गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

गाडी दुर्घटनामा परेको अवस्थामा स्थानीयले देखेपछि मेयर प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक रेशम आचार्यले दुर्घटनामा गाडीमा क्षति पुगेपनि मानवीय क्षति भने नभएको बताए ।

उनकाअनुसार गाडीलाई प्रहरी चाैकी कैलाली गाउँमा राखिएको छ । भट्टले मदिरा सेवन गरेर गाडी चलाएकाे हुनसक्ने आशंका गरिएपनि प्रहरीले राति मापसे परीक्षण गरेकाे छैन् ।

अन्य कुनै क्षति नभएका कारण मेयर भट्ट तत्काल आफन्तसँग घर भएकाले मापसे परीक्षण गर्न नसकिएको प्रहरीले जनाएको छ ।

अहिले त्यसबारे थप अनुसन्धान थालिएकाे प्रहरी निरीक्षक आचार्यले बताए । मेयर भट्टले गाडी बुझ्न बिहानै प्रहरी चाैकीमा चालक अनिल शाहलाई पठाएका थिए ।

तर, अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले तत्काल गाडी नदिइएकाे जनाएकाे छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर७K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।