मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ९:३७ Sunday, November २२, २०२६

कञ्चनपुरमा बहुविवाह गर्ने दुई जना पक्राउ

शेयर४.५K०

कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणी बजारबाट बहुविवाह मुद्दामा अदालतबाट सजाय तोकिएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालतको २४ माघ २०८० को फैसलाअनुसार बहुविवाह मुद्दामा १ वर्ष २ महिना कैद सजाय तोकिएका कृष्णपुर नगरपालिका–२ निवासी ३० वर्षीय दिलु बादी र सोही ठाउँकी २७ वर्षीया अन्नु सुनारलाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई बाणी बजार क्षेत्रबाट पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाही तथा फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा पेश गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर४.५K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।