मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १:१८ Monday, November २३, २०२६

कञ्चनपुरमा ‘डिभोर्स’ गरिसकेका श्रीमानको महिलाले गरिन् हत्या, प्रहरीलाई आफैँ खबर गरेकी थिइन्

शेयर४.९K०

कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–५ मा घरमै धारिलो हतियार प्रहार गरिएको अवस्थामा मृत फेला परेका ४५ वर्षीय लिलाराम सुनारको हत्या उनकी श्रीमती यशोदाले नै गरेको खुलेको छ ।

सोमबार बिहान लिलारामको हत्या भएको भन्दै यशोदाले नै प्रहरीलाई खबर गरेकी थिइन् । प्रारम्भिक अनुसन्धानपछि भने हत्या उनैले गरेको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आपसी विवादका क्रममा यशोदाले चक्कु प्रहार गरी (प्रेसपत्र)श्रीमानको हत्या गरेकी हुन् । ‘दुवै जनाबीच विवाद भएपछि लिलारामले “मारिदिन्छु” भन्दै चक्कु देखाएका रहेछन् । त्यसपछि यशोदाले सोही चक्कु खोसेर प्रहार गरेको देखिन्छ,’ प्रहरी स्रोतले भन्यो ।

प्रहरीसमक्षको बयानमा यशोदाले श्रीमानको हत्या गरेको स्वीकार गरिसकेकी छन् । प्रहरी स्रोतका अनुसार दुवै जनाबीच यसअघि नै सम्बन्ध विच्छेद भइसकेको थियो । सम्बन्ध विच्छेद भए पनि पछिल्लो केही समयदेखि यशोदा पुनः लिलारामको घरमा बस्दै आएकी थिइन् ।

मदिरा सेवनका कारण दुवैबीच बेला–बेला विवाद हुने गरेको बताइएको छ । उनीहरूकी एक छोरी रहेकी छन्, जसको विवाह भइसकेको छ ।

‘हाम्रो डिभोर्स भइसकेको थियो । (प्रेसपत्र)तर उहाँको खुट्टा भाँचिएको थाहा पाएपछि हेरचाह गर्न फर्केर आएकी थिएँ,’ यशोदाले प्रहरीलाई दिएको बयान उद्धृत गर्दै स्रोतले जनाएको छ, ‘घटनाको दिन “तलाई मार्छु” भन्दै ममाथि आक्रमण गर्न आएपछि रिसको आवेगमा चक्कु खोसेर प्रहार गरेँ ।’

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बुधबार पत्रकार सम्मेलनमार्फत घटनाबारे थप जानकारी सार्वजनिक गर्ने तयारी गरेको छ । प्रेस पत्रबाट

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर४.९K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।