मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति १०:३४ Sunday, November २२, २०२६

कैलालीमा ट्याक्टर दुर्घटना, धाराबाट पानी ल्याईरहेकी बालिकाको मृत्यु

शेयर२०.२K०

कैलालीको मोहन्याल गाउँपालिका–६ सोल्टामा ट्याक्टर दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ ।

आइतबार साँझ सवा ५ बजेतिर बागरादेखि सोल्टातर्फ आउँदै गरेको भे १ त ९०८१ नम्बरको ढुंगा लोड गरिएको ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी स्थानीय उदीराम सिजापति मगरकी ९ वर्षीया छोरी जयसरा सिजापतिको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा नवराज विककी ७ वर्षीया छोरी माइरा विक घाइते भएकी छन् । उनको टाउकोमा चोट लागेको र स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

ट्याक्टर सडकबाट खस्ने क्रममा नजिकैको धाराबाट पानी लिएर घर फर्किंदै गरेका बालिकाहरूलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि चालक फरार रहेका छन् भने ट्याक्टर घटनास्थलमै रहेको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर२०.२K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।