मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति २:२१ Monday, November २३, २०२६

विवादकाबीच अस्पताल उद्घाटनपछि विदेशबाटै मेयरको प्रतिक्रिया : मुख्यमन्त्रीको अवस्था देखेर दया लाग्यो

विवादका बीच प्रादेशिक अस्पताल उद्घाटन गरिएको तथा आफ्नै निर्वाचन क्षेत्रमा बाक्लो सुरक्षा घेरामा आउनुपरेको अवस्थालाई लिएर विदेशबाटै नगर प्रमुख शाहीले मुख्यमन्त्रीको आलोचना गरेकी हुन् ।

शेयर९.२K०

लम्कीचुहा नगरपालिकाकी नगरप्रमुख सुशीला शाहीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको अवस्था देखेर दया लागेको टिप्पणी गरेकी छन् ।

विवादका बीच प्रादेशिक अस्पताल उद्घाटन गरिएको तथा आफ्नै निर्वाचन क्षेत्रमा बाक्लो सुरक्षा घेरामा आउनुपरेको अवस्थालाई लिएर विदेशबाटै नगर प्रमुख शाहीले मुख्यमन्त्रीको आलोचना गरेकी हुन् । आफू विदेशमा रहेका बेला उद्घाटन गरिएको भन्दै उनले विरोध जनाएकी छन् ।

सामाजिक सञ्जालमार्फत उनले लेखेकी छन्, ‘म विदेशमा भएको मौका हेरेर कायरतापूर्वक सयौँ प्रहरीको घेराभित्र रहेर अस्पतालको बोर्ड अनावरण गर्नुको के अर्थ ? आफ्नै निर्वाचन क्षेत्रमा त्यो स्तरको सुरक्षाको घेरामा आउनुपर्ने परिस्थिति निर्माण हुनु मुख्यमन्त्रीको अवस्था देखेर दया लागेर आएको छ । ’

उनले आफू पूर्ववत् अडानमै कायम रहेको बताउँदै नेपाल फर्किएपछि उक्त अडानलाई न्याय दिलाउन निरन्तर लाग्ने उल्लेख गरेकी छन् ।

कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का ले दिएको अभिव्यक्तिप्रति समेत नगर प्रमुख शाहीले आपत्ति जनाएकी छन् ।

शाहीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘प्रादेशिक अस्पताल उद्घाटनको नाममा लम्कीचुहा नगरपालिकामा प्रदेश सरकारका मुख्यमन्त्री, सामाजिक विकास राज्यमन्त्री, सचिव र अन्य केही व्यक्तिहरूले अस्पताल परिसरभन्दा बाहिर नाटक मञ्चन गरिरहँदा राज्यमन्त्रीको अभिव्यक्तिले मेरो गम्भीर ध्यानाकर्षण भएको छ । उहाँले भाषणमा अत्यन्तै भ्रामक, कपोलकल्पित, झुटा, आधारहीन र कसैको निर्देशनमा तल्लो स्तरको अभिव्यक्ति दिनुभएको देख्दा अत्यन्तै लज्जाबोध भएको छ ।’

उनले राज्यमन्त्रीमाथि सार्वजनिक पदको गरिमा विपरीत अभिव्यक्ति दिएको आरोप लगाउँदै वैशाख २१ गते सामाजिक विकास मन्त्रालयमा भएको बैठकको सम्झौता समेत सम्झाएकी छन् ।

शाहीका अनुसार उक्त बैठकमा अस्पतालसम्बन्धी विवाद समाधानका लागि सर्वपक्षीय र सर्वस्वीकार्य समिति गठन गर्ने विषयमा छलफल भएको थियो । उनले आफूले समितिलाई सर्वदलीय र सर्वस्वीकार्य बनाउन प्रस्ताव गरेको दाबी गर्दै राज्यमन्त्रीले जनतामाझ भ्रम फैलाउने प्रयास गरेको आरोप लगाएकी छन् ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९.२K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।