धनगढीमा सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर साेडारी सहितका तीन जना एउटै माेटरसाइकलमा सवार गर्ने क्रममा ट्राफिक चेकिङमा परेका छन् ।
शुक्रबार साँझ साेडारीसमेतका तीन जना सुपप्र ०१०१० प ७२७२ नम्बरको माेटरसाइकलमा चढेर घरतर्फ गइरहेका थिए ।
साेही बेला शिवनगरमा ट्राफिक प्रहरीले राेकेका थिए । चेकिङका क्रममा माेटरसाइकल चालक जाेशीपुर गाउँपालिका-३ बस्ने ५० वर्षीय शिवराज विनाडीले ट्राफिक प्रहरीमाथि हातपात गरेका थिए ।
डिउटीमा रहेका ट्राफिक प्रहरी जवान खगेन्द्र तिमिल्सिनाले चिट काट्ने क्रममा विनाडीले हेलमेटले उनलाई हानेकाे प्रहरीले जनाएको छ ।
उनलाई तत्काल प्रहरीले नियन्त्रणमा लिएपनि साेडारीसहितका दुई जना भने भागेकाे प्रहरीकाे भनाइ छ ।
विनाडी पक्राउ परेपछि नेताहरूले राति नै उनलाई छाड्न प्रहरीलाई दबाब दिएका थिए तर प्रहरीले कार्यस्थलमा आफ्नै कर्मचारीमाथि हातपात भएको भन्दै मुद्दा चलाउने तयारी गरेकाे छ ।





अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।