कैलालीको लम्कीचुहा नगरपालिका–६ गप्कामा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।
सोही स्थानका ५० वर्षीय रामलाल थारुले से २ त ३८०२ नम्बरको ट्याक्टरले आफ्नै ससुरालीको खेत जोतिरहेका बेला सोमबार दिउँसो ट्याक्टर पल्टिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा ट्याक्टरले च्यापिँदा थारुको घटनास्थलमै मृत्यु भएको थियो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।





अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।