मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारबिहान ३:०७ Monday, November २३, २०२६

अछाम : शाही हत्या घटनामा कांग्रेस नगर सभापतिसहित छ जनालाई जन्मकैद

नेपाली कांग्रेसका पञ्चदेवल विनायक नगरपालिकाका नगर सभापति सज्जन शाहीसहित ६ जनालाई जन्मकैदको सजाय सुनाएको छ।

शेयर८.१K०

अछामको चर्चित विनोद शाही हत्या प्रकरणमा उच्च अदालत दिपायलले जिल्ला अदालतको फैसला उल्टाउँदै नेपाली कांग्रेसका पञ्चदेवल विनायक नगरपालिकाका नगर सभापति सज्जन शाहीसहित ६ जनालाई जन्मकैदको सजाय सुनाएको छ।

मुख्य न्यायाधीश दिनेशप्रसाद यादव र न्यायाधीश पुनम सिंह चन्दको संयुक्त इजलासले सज्जन शाही, महेन्द्र शाही, वीरेन्द्र शाही, देवेन्द्र शाही, पृथ्वी शाही र अक्कल शाहीलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको हो। अदालतले उनीहरूबाट पीडित पक्षलाई जनही एक लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश दिएको छ।

यसअघि जिल्ला अदालत अछामले २०८२ मंसिर ४ गते सबै प्रतिवादीलाई सफाइ दिएको थियो। तर उच्च अदालतले उक्त फैसला उल्ट्याउँदै १६ वर्षीय विनोद शाहीको हत्या भएको निष्कर्षसहित ६ जनालाई दोषी ठहर गरेको हो।

स्थानीय तह निर्वाचनका क्रममा भएको राजनीतिक विवादपछि २०७९ जेठमा बेपत्ता भएका विनोद शाही चार दिनपछि घर नजिकैको जंगलमा मृत अवस्थामा फेला परेका थिए। सुरुमा एमाले कार्यकर्ताले काङ्ग्रेस कार्यकर्तामाथि आक्रमण गरेका थिए । एमाले कार्यकर्तालाई पक्राउ गर्ने क्रममा दोहोरो झडप हुँदा शाही बेपत्ता भएका थिए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८.१K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।