मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति १०:५७ Sunday, November २२, २०२६

कैलालीको गोरङ्गे ब्यारेकमा ग्रेनेड विस्फोट, दुई सैनिक गम्भीर घाइते

शेयर१२.५K०

कैलालीको लम्कीचुहा नगरपालिका–३ स्थित नेपाली सेनाको गोरङ्गे ब्यारेकमा ग्रेनेड विस्फोट हुँदा दुई जना सैनिक जवान गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ब्यारेकभित्र सैन्य तालिम वा नियमित कार्यका क्रममा अचानक ग्रेनेड विस्फोट भएको हो। विस्फोटमा परी घाइते भएका दुवै सैनिकलाई तत्काल उपचारका लागि लम्कीस्थित लालरत्न अस्पताल लगिएको थियो।

अस्पतालमा प्रारम्भिक उपचारपछि उनीहरूको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको सैनिक स्रोतले जनाएको छ।

घटनाको कारण खुल्न नसकेको र विस्फोट कसरी भयो भन्ने विषयमा नेपाली सेनाले अनुसन्धान सुरु गरेको बताइएको छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१२.५K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।