मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारदिउँसो २:१८ Sunday, November २२, २०२६

घोडाघोडीमा मोटरसाइकलको ठक्ठरबाट पैदलयात्री घाइते

शेयर२५.४K०

कैलालीको घोडाघोडी नगरपालिका–१ घोडाघोडी मन्दिर नजिक पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्री घाइते भएका छन्।

सोमबार बिहान करिब ६ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बाप्र०६–००७ प १३६० नम्बरको मोटरसाइकलले पैदलयात्री घोडाघोडी–१ निवासी ५८ वर्षीय ज्ञानचन्द्र उपाध्यायलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका उपाध्यायको दुवै खुट्टा, दाहिने आँखा र छातीमा चोट लागेको छ। उनको सि एस अस्पताल सुखडमा उपचार भइरहेको छ।

मोटरसाइकल चालक घोडाघोडी–१ निवासी १८ वर्षीय गौरव थापा पनि सामान्य घाइते भएका छन्। उनको पनि सि एस अस्पतालमा उपचार भइरहेको छ भने मोटरसाइकल इलाका प्रहरी कार्यालय सुखडको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर२५.४K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।