मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ११:४१ Sunday, November २२, २०२६

कक्रोच जनता पार्टीका संस्थापक अभिजीत दीपके विरुद्ध सम्पत्ति छानबिनको माग

शेयर२.३K०

भारतको ‘कक्रोच जनता पार्टी’ ( सीजेपी ) का संस्थापक अभिजीत दीपकेको सम्पत्ति, आर्थिक स्रोत र राजनीतिक गतिविधिबारे छानबिन गर्न माग गर्दै भारतका विभिन्न सरकारी निकायमा उजुरी दर्ता गरिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार गुजरातको सुरतका आरटीआई कार्यकर्ता अमित तिवारीले महाराष्ट्र सरकार, भारतको निर्वाचन आयोग र केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्ड ( सीबीआईसी ) मा छुट्टाछुट्टै उजुरी दिएका हुन्। उजुरीमा दीपकेको अभियानमार्फत संकलन गरिएको भनिएको चन्दा तथा त्यसको प्रयोगबारे पनि अनुसन्धान गर्न माग गरिएको छ।

महाराष्ट्र सरकारलाई बुझाइएको उजुरीमा अभिजीत दीपकेका पिता भगवानराव दीपके महाराष्ट्र औद्योगिक विकास निगम ( एमआईडीसी ) मा जुनियर इन्जिनियर ( जेई ) पदमा कार्यरत रहेको उल्लेख गरिएको छ। तिवारीले उक्त पदको मासिक तलब करिब ६० देखि ६५ हजार भारतीय रुपैयाँ हुने दाबी गर्दै त्यस्तो आम्दानीबाट परिवारले आफ्ना सन्तानलाई अमेरिकाजस्तो महँगो देशमा अध्ययनका लागि कसरी पठायो भन्ने प्रश्न उठाएका छन्।

उजुरीमा भगवानराव दीपके र उनको परिवारको आयस्रोत तथा सम्पत्तिको निष्पक्ष छानबिन गर्न माग गरिएको छ। आम्दानीको तुलनामा अस्वाभाविक सम्पत्ति भेटिए प्रचलित कानुनअनुसार आवश्यक कारबाही गर्नुपर्ने तिवारीको माग रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर२.३K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।