मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति १०:१६ Sunday, November २२, २०२६

सामुदायिक वनबाट ३२ थान भरूवा बन्दुक बरामद

शेयर१३.९K०

प्युठानको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट ठूलो संख्यामा अवैध भरुवा बन्दुक बरामद भएको छ ।

इलाका प्रहरी कार्यालय लुंगेबहानेबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा वनभित्र पातले छोपेर लुकाइछिपाइ राखेको अवस्थामा भरूवा बन्दुक ३२ थान, सोही बन्दुकको नाल ४ थान, कुन्दा १ थान र भरूवा बन्दुकको चाप ३ थान सोमबार बिहान बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय लुङबाहानेबाट खटिएको प्रहरीले उक्त हातहतियार फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१३.९K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।