मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारराति ९:४० Sunday, November २२, २०२६

कांग्रेसको सम्भावित विभाजन रोक्न तेस्रो धारका युवाहरूको राष्ट्रिय भेला आज

शेयर२.४K०

नेपाली कांग्रेसको सम्भावित विभाजन रोक्नका लागि आज तेस्रो धारका युवाको सक्रियतामा विशेष भेला हुँदैछ ।

शेरबहादुर देउवा पक्षधरले साउन २९–३१ मा राष्ट्रिय भेला बोलाउने जानकारी दिएको र साउन २४ गते कांग्रेस संस्थापन पक्षले केन्द्रीय समितिको बैठक बोलाइरहेको सन्दर्भमा सम्भावित पार्टी विभाजन रोक्नका लागि सक्रिय तेस्रो धारका युवा नेतृत्वले आज विशेष भेला गर्न लागेका हुन् ।

नैनसिंह महर र रञ्जित कर्ण लगायत युवा नेतृत्व सक्रिय रहेको तेस्रो धारको नेताहरूले आज बिहान ११ बजेबाट भेला सुरू गर्दैछन् । सुकेधारास्थित मिराकल पार्टी भेन्युमा सो भेला बस्नेछ ।

गत चार दिन अघि ‘देश र कांग्रेस जोड्ने अभियान’को घोषणा गर्दै साउन २० गते राष्ट्रिय भेलाको आयोजना गर्ने जानकारी दिएको थियो ।

पार्टी भित्रको भित्रको आन्तरिक मतभेद अन्त्य गरी पार्टीलाई बलियो बनाउने उद्देश्यका साथ ‘देश र कांग्रेस जोड्ने अभियान’ घोषणा गरिएको नेता महरले जानकारी दिएका छन् ।

पार्टीभित्र बढ्दो अविश्वास र आन्तरिक किचलोका कारण संगठन कमजोर भएको देखिएकाले अभियानले पार्टीलाई वैचारिक र सांगठनिक रूपमा पुनर्जीवित गर्ने लक्ष्य राखेको महरले बताए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर२.४K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।