मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारदिउँसो २:४८ Sunday, November २२, २०२६

देउवाको स्वदेश फर्किने मिति परिवर्तन, कहिले फर्कन्छन् ?

शेयर१.९K०

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किने मिति परिवर्तन भएको छ ।

देउवा साउन २८ गते मध्यान्ह साढे १२ बजे काठमाडौं अवतरण हुने तय भएको नेता डा। प्रकाशशरण महत जानकारी दिए । यसअघि देउवा २६ साउन राति ९ः४५ बजे स्वदेश फर्किने जानकारी गराइएको थियो ।

राति काठमाडौं अवतरण हुँदा स्वागत गर्न असहज हुने भएकाले समय परिवर्तन गरिएको बताइएको छ ।

जेनजी आन्दोलनका क्रममा घाइते भएका देउवा फागुन १३ राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए । त्यसपछि उनी ७ चैत २०८२ मा सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ पुगेका थिए ।

कांग्रेसको संस्थापन इतर समूहले २९ साउनदेखि काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने तयारी छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१.९K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।