मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३ आइतबारदिउँसो ३:२९ Sunday, November २२, २०२६

बाल्टिनको पानीमा डुबेर घोडाघोडीमा १८ महिनाका बालकको मृत्यु

कैलालीको घोडाघोडी नगरपालिका–४ जनकपुरमा बाल्टिनको पानीमा खेल्ने क्रममा डुबेर १८ महिनाका  बालकको मृत्यु भएको छ।

शेयर९०००

कैलालीको घोडाघोडी नगरपालिका–४ जनकपुरमा बाल्टिनको पानीमा खेल्ने क्रममा डुबेर १८ महिनाका  बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय दीपक सुबेदीका १८ महिनाका छोरा रामु सुबेदी रहेका छन्। शनिबार बिहान करिब ११ः३० बजे गाईवस्तुलाई खुवाउन बाल्टिनमा राखिएको पानीमा खेल्ने क्रममा उनी डुबेको अवस्थामा उनकी आमा देवकी सापकोटा सुबेदीले फेला पारेकी थिइन्।

बाल्टिनबाट तत्काल निकालेर उपचारका लागि घोडाघोडी अस्पताल, सुखड पुर्‍याइए पनि उपचारकै क्रममा दिउँसो करिब १२ः३० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

घटनाबारे अस्पतालले इलाका प्रहरी कार्यालय सुखडलाई दिउँसो १ बजे जानकारी गराएको थियो। त्यसपछि प्रहरी टोलीले घटनास्थल पुगेर आवश्यक अनुसन्धान तथा मुचुल्का सम्बन्धी प्रक्रिया पूरा गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार मृतकको शव पोस्टमार्टमका लागि दोदोधरा अस्पताल, बौनिया पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर९०००
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।