मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति १:२१ Monday, November २३, २०२६

बाढी पश्चातको अतिक्रमणले बिलाएको पुरैना तालको पुनः स्थापना गरिँदै

शेयर१२.२K०

ईन्द्रा कुमारी केसी 

कैलालीको भजनी नगरपालिका– ७, लालबोझीमा रहेको पुुरैना तालको पुुन: स्थापना गरिँदै छ । २०६४ सालमा मोहना नदीमा आएको बाढीले ताल पुरेपछि बगरमा परिणत भए पश्चात स्थानीयले अतिक्रमण गरि खेती गर्दै आएको उक्त ताल पुुनःनिर्माण कार्य सुरु गरिएको हो ।

डिभिजन वन कार्यालय पहलमानपुरले ८ वटा जेसिबी प्रयोग गरि ताल बनाइने क्षेत्रको वरिपरि १० फिट चौडा र ५ फिट उचाइको ३५ सय मिटर लामो डिल (ड्याम) निर्माण गरिएको छ ।

सव डिभिजन वन कार्यालय भजनीका प्रमुख वन अधिकृत मो.ताहा हुसेन मिकरानीको नेतृत्वमा आइतबार बिहान ८ बजे देखि उक्त कार्य सुरु गरिएको हो ।

डिभिजन वन कार्यालय पहलमानपुर अन्तर्गतका सबै सव डिभिजन वन कार्यालयका कर्मचारी, सशस्त्र वन रक्षक, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोली ताल निर्माणको कार्यमा खटेका छन् ।

पुरैना ताल पुनः निमार्णका लागि डिभिजन वन कार्यालय पहलमानपुरले विगत ३ वर्ष देखि भजनी नगरपालिका, नापी कार्यालय, जिल्ला प्रशासन कार्यालय, सामुदायिक समन्वय समिति, स्थानीय समुदाय सँग विभिन्न चरणमा छलफल गर्दै आएको थियो । सोही प्रयास अन्तर्गत केहि महिना पहिले नापी कार्यालय कैलालीको सहयोगमा तालको नक्शा अनुसारको रेखाङ्कन र सिमाङ्कन कार्य गरिएको थियो ।

ताल पुर्न स्थापना कार्यको सोमबार स्थलगत अनुगमन गर्दै कैलालीका प्रमुख जिल्ला अधिकारी धमेन्द्र मिश्रले नेपाल सरकार गृह मन्त्रालयको परिपत्र अनुसार कैलाली जिल्लामा वन क्षेत्र, सरकारी, सार्वजनिक, सघं÷संस्थाको नाममा भएको जमिन अतिक्रमण हटाउने भनिए अनुुरुप सो कार्य गरिएको बताए । उनले भने, “डिभिजन वन कार्यालय पहलमानपुरको अनुरोधमा जिल्लाका सबै सुरक्षा निकाएको सहयोगमा पुरैना ताल अतिक्रमण हटाई पुनः निर्माणको कार्य गर्दैछौ ।”

तालको पुुनः निर्माण गर्ने क्रममा सो क्षेत्र खेती गरि भोग चलन गर्दै आएका स्थानीयहरू आक्रोशित भई अवरोध गर्ने प्रयास समेत गरेका थिए ।

विगतमा स्थानीय समुदाय र सरोकारवालाहरू पटक पटक छलफल गरी रेखाङ्कन गरी तालको क्षेत्र छुट्याउने सहमति भएको थियो । तत् पश्चात् सोही अनुसार हाल तालको डिल बनाउने काम अगाडी बढाइएको भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीले जानकारी दिए ।

उनले भने, पुरैना ताल भजनीको मात्रै नभई कैलाली जिल्लाकै महत्त्वपूर्ण स्थान हो । बाढी पश्चातको अतिक्रमणले बिलाएको पुरैना तालको पुनः स्थापना गरिँदै

उनका अनुसार सीमावर्ती क्षेत्रमा‌ पर्ने यो ताल भारतको दुधुवा नेशनल पार्क र नेपालको बसन्ता वन संरक्षण क्षेत्र (जैविक मार्ग) हुँदै चुरे सम्म जोड्ने ठाउँ हो । यही कोरिडोर हुँदै हात्ती, बाघ लगायतको आवतजावत हुने गरेको छ । स्थानीय तथा आगन्तुक चराहरूको लागि समेत यो महत्त्वपूर्ण क्षेत्र हो । त्यसैले पुनः निमार्ण आवश्यक रहेको छ ।

डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख राम बिचारी ठाकुर यो पुरैना ताल अन्तर्राष्ट्रिय हिसाबले नै महत्त्वपूर्ण जैविक मार्ग भएकोले यसको संरक्षण र पुनर्स्थापना गर्न लागिएको बत्ताउँछन् । तालको पुुनः निर्माण पछि पर्या–पर्यटकीय दृष्टिकोणले समेत उपयुक्त रहनेछ । उनले भने, “यो ताल पुनः निर्माणका लागि विभिन्न चरणहरु पार गर्दै ड्याम सम्म बनाउन सफल भयौँ अझै यसको निर्माण तथा व्यवस्थापन गर्दै जैविक विविधताको संरक्षण र पर्या–पर्यटन मार्फत स्थानीय समुदायको जीविकोपार्जन सुधारका लागि सरोकारवाला निकाय सँग सहकार्य गर्दै अघि बढ्नेछौ ।

बसन्ता वन संरक्षण क्षेत्रमा पर्ने भजनी नगरपालिका वडा नं ७ लालबोझीमा रहेको पुरैना ताल मोहना नदिमा २०६४ सालमा आएको बाढिले बगरमा परिणत भएको थियो । भजनी– ७ का वडाध्यक्ष अमरबहादुर कठरियाका अनुसार बाढीले बगरमा परिणत भएको तालको स्थानीयहरूले अतिक्रमण गरी खेतीपाती गर्दै आएका थिए । उक्त ताल ५ सय बिगाह भन्दा बढी क्षेत्रमा फैलिएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर१२.२K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।