मुख्य सामग्रीमा जानुहोस्
७ मंसिर २०८३ सोमबारराति २:२३ Monday, November २३, २०२६

बैतडीमा एक महिलाको मृत्यु

शेयर८.५K०

बैतडीमा एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको पाटन नगरपालिका—६ पौडीकी ६८ वर्षीया बेलु बिष्टको मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए।

केही दिन अघि घर नजिकै लडेकी बिष्टलाई मंगलवार असहज भएपछि उपचारका लागि पाटनस्थित एक पोलिक्लिनिकमा ल्याइएको थियो ।

उपचारपछि घर फर्कने क्रममा एक्कासी बेहोस भएर बाटोमा ढलेकी बिष्टको सोही ठाउँमा मृत्यु भएको प्रहरी निरीक्षक केसीले बताए।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले बताए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर८.५K०
Testing Theme

Testing Theme

Online Nepali News Portal

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।